काठमाडौं : नेको इन्सुरेन्सको १५.५% बोनस सेयर सुरक्षित गर्ने बिहीबार असार १७ गते बिहीबार अन्तिम दिन हो । यसआधारमा बोनस पाउनका लागि सेयरधनी बन्न अब बुधबारसहित २ दिनमात्र समय बाँकी छ । साधारण सभा प्रयोजनका लागि नेकोले असार १८ गते शुक्रबारबाट सभा हुने दिनसम्म बुक क्लोज गर्दैछ । असार ३१ गते वार्षिक साधारण सभा बोलाएको छ ।
कम्पनीले १५.५% बोनस सेयर र कर तिर्न ०.८२% नगद लाभांश वितरण गर्ने प्रस्ताव सभामा पेश गर्ने भएको छ । नेकोले हाल कायम १ अर्ब ३१ करोड ७४ लाख ३२ रुपैयाँ चुक्ता पुँजीमा उक्त बोनस प्रस्ताव गरेको हो ।








