मनकामना स्मार्ट लघुवित्तले बिहीवारदेखि गतेदेखि आईपीओ निष्कासन गर्ने


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
मनकामना स्मार्ट लघुवित्तले बिहीवारदेखि गतेदेखि आईपीओ निष्कासन गर्ने

काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले असार १७ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले रू. ३ करोड ८९ लाख बराबरको ३ लाख ८९ हजार कित्ता आईपीओ छिटोमा असार २१ गते र ढिलोमा असार ३१ गतेसम्म विक्री खुलाको मिति तय गरिएको हो । 

कुल कित्तामध्य शून्य दशमलव ५ प्रतिशत दरको ६ हजार ५८ कित्ता कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशत दरको १९ हजार ४५० कित्ता सामुहिक लगानीकोषको लागि सुरक्षित गरी बाँकी ३ लाख ६३ हजार ४९२ कित्ता सार्वजनिक निष्कासनमा आउन लागेको हो । 

Read More
  • MBL - below news