सगरमाथा इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
सगरमाथा इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

सगरमाथा इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश सुरक्षित गर्ने आज (असार १६ गते) अन्तिम दिन रहेको छ। इन्स्योरेन्सले साधारण सभा प्रयोजनार्थ भोलि अर्थात असार १७ गते बुकक्लोज गर्दैछ।

यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको सभामा सहभागिता जनाउनुका साथै इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

इन्स्योरेन्सले असार ३० गते, आफ्नो केन्द्रिय कार्यालय, नक्सालमा बिहान ११ बजे भिडियो कन्फ्रेन्सको माध्यमबाट २४ औँ वार्षिक साधारण सभा डाकेको छ।

Read More
  • MBL - below news