बिल बैंकले युनाइटेड फाइनान्सलाई प्राप्ति गर्नको लागि नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृति पाएको छ । नेपाल राष्ट्र बैंकलाई हिजो असार १५ गते मर्जर तथा प्राप्तिलाई अन्तिम स्वीकृति प्रदान गरेको हो ।
दुवै संस्थाको असार ५ गते सम्पन्न विशेष साधारणसभाले गाभ्ने गाभिने विशेष प्रस्ताव पारित गरेको थियो । नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएसंगै अब दुवै संस्थालाई एकिकृत कारोबारको लागि बाटो खुलेको छ ।
नबिल बैंक र युनाइटेड फाइनान्सबीच प्राप्ति सम्बन्धी सम्झौतामा बैशाख १७ गते हस्ताक्षर भएको थियो। बैंकका मर्जर कमिटीका संयोजक उदय कृष्ण उपाध्याय र फाइनान्सका मर्जर कमिटीका संयोजक मनिष कुमार खेमकाले प्राप्तीका लागि सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए। नबिलले युनाइटेडलाई १००:३५ स्वाप रेसियोमा प्राप्ति गर्न लागेको हो । अर्थात् युनाइटेड फाइनान्सको १ सय कित्ता शेयर हुने शेयरधनीले नबिल बैंकको ३५ कित्ता शेयर पाउने छन् ।



