सहकारीको गोएएमएल अलपत्र


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
सहकारीको गोएएमएल अलपत्र

काठमाडौँ, असार १६ गते । सहकारी संस्थाहरूलाई सम्पत्ति शुद्धीकरण विरुद्धको एन्टी मनी लाउन्डरी सिस्टम (गोएएमएल) सफ्टवयेरमा आबद्ध गर्ने भनिए पनि सरोकारवाला निकायबीच समन्वय हुन नसक्दा अन्योल भएको छ । सहकारीहरूले गोएएमएलमार्फत् राष्ट्र बैङ्कलाई प्रतिवेदन गर्नुपर्ने व्यवस्था २०७८ साउनदेखि लागू गर्ने भनिएको थियो । तर हालसम्म त्यसको तयारी नै देखिएको छैन ।

नेपाल राष्ट्र बैङ्कले १० करोड रुपियाँभन्दा बढी निक्षेप वा पुँजी भएका बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाहरूले गोएएमएल सफ्टवयेरमार्फत राष्ट्र बैङ्कलाई प्रतिवेदन गर्नुपर्ने व्यवस्था साउनदेखि लागू हुने भनेको थियो । सहकारी विभागले ६ महिनाअघि सो सफ्टवयेरमार्फत कारोबार गर्न गराउन सहकारी संस्थाहरूलाई निर्देशन गरेको पनि थियो । तर निर्देशन बमोजिम काम भने भएको छैन ।

नेपाल राष्ट्र बैङ्कले लागू गर्ने भनेर २०७७ पुस २२ गते सूचना दिए पनि हालसम्म कुनै पनि तयारीको कामका लागि विभागलाई सूचना नआएको विभागले जनाएको छ । विभागका सूचना अधिकारी सुरेन्द्र पौडेलले भन्नुभयो, “सहकारीमा गोएएमएल सफ्टवेयर २०७८ साउनदेखि लागू गर्ने भन्ने कुरा थियो तर हालसम्म कुनै सूचना हामीकहाँ आएको छैन, यसको तयारी के भइरहेको छ विभागलाई जानकारी पनि छैन । सम्भवतः आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा केही कुरा आउँछ होला । ”

Read More