नबिल बैंकले दिगो बैंकिङ स्थापनाको घोषणा गरेको छ। बैंकले मंगलबार एक भर्चुअल कार्यक्रममार्फत सो घोषणा गरेको हो।
दिगो बैंकिङको माध्यमबाट अहिलेसम्म बैंकिङ पहुँचमा नरहेकालाई पहुँच प्रदान गर्ने, देशको सबैभन्दा दुर्गम स्थानहरूमा उद्यमशिलतालाई प्रवर्द्धन गर्ने उद्देश्य लिइएको बैंकले जनाएको छ।
संयूक्त राष्ट्र संघको दिगो विकास लक्ष्यहरूसँग पंक्तिबद्ध भई सुदृढ नेपालको लागि स्थायी लघुउद्यम सिर्जना गर्नको निमित्त सुविधाहरू प्रदान गर्ने लक्ष्य बैंकले लिएको छ।
‘समग्र बैंकिङ क्षेत्रले लाखौंको जीवनलाई छुने र सबै पक्षमा सकारात्मक प्रभाव ल्याउन सक्षम भएको छ’ बैंकका अध्यक्ष उपेन्द्र प्रसाद पौड्यालले भने।




