जीवन विकास लघुवित्तले निष्काशन गरेको आईपिओमा झन्डै १७ गुणाको आवेदन परेको छ । कम्पनीको आईपिओमा मंगलबार बेलुका ५:४५ बजेसम्ममा २० लाख ४८ हजार ७ सय ६२ जना आवेदकबाट ३ करोड १२ लाख ६६ हजार २ सय ६० कित्ताको लागि आवेदन परेको हो । यो माग गरिएको भन्दा १६.९१ गुणा बढी हो । कुनै पनि आईपिओमा २० लकः बढीको आवेदन परेको यो नै पहिलो पटक हो ।
कम्पनीले आज असार ११ गतेदेखि आईपिओ बिक्रि खुला गरेको हो । कम्पनीले १ सय मूल्य अंकित दरका १९ करोड ७७ लाख ३० हजार १९ लाख ७७ हजार ३ सय कित्ता शेयर निष्काशन गरेको हो ।
जस मध्ये ३० हजार ४ सय २० कित्ता कम्पनीका कर्मचारीलाई र ९८ हजार ८ सय ३५ कित्ता सामुहिक लगनी कोषलाई छुट्याईएको छ । बाँकि रहेको १८ लाख ४८ हजार १५ कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका हुन् । माग भन्दा बढीको आवेदन परेकोले कम्पनीको आईपिओ १ लाख ८४ हजार ८ सय जनाले मात्र पाउने छन् । यस हिसाबमा १८ लाख बढी आवेदक हात खाली भएका छन् । यद्यपि आवेदन भेरिफाई हुने क्रम मै रहेकोले यो संख्या केहि थपघट हुन् सक्ने छ ।







