जीवन विकास लघुवित्तले निष्काशन गरेको आईपिओमा १५ गुणा बढीको आवेदन परेको छ । कम्पनीको आईपिओमा मंगलबार बिहान १० बजेसम्ममा १९ लाख ४६ हजार ७ सय ३५ जना आवेदकबाट २ करोड ९३ लाख २१ हजार कित्ताको लागि आवेदन परेको हो । यो माग गरिएको भन्दा १५.८६ गुणा बढी हो ।
कम्पनीको आईपिओमा आवेदन दिने आज अन्तिम दिन हो । कम्पनीले आज असार ११ गतेदेखि आईपिओ बिक्रि खुला गरेको हो । कम्पनीले १ सय मूल्य अंकित दरका १९ करोड ७७ लाख ३० हजार १९ लाख ७७ हजार ३ सय कित्ता शेयर निष्काशन गरेको हो ।
जस मध्ये ३० हजार ४ सय २० कित्ता कम्पनीका कर्मचारीलाई र ९८ हजार ८ सय ३५ कित्ता सामुहिक लगनी कोषलाई छुट्याईएको छ । बाँकि रहेको १८ लाख ४८ हजार १५ कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १०० कित्ताको लागि दिन सकिने छ । मेरो शेयर र अनलाइन र सीआश्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था मार्फत आवेदन दिन सकिने छ ।







