जीवन विकास लघुवित्तको आईपीओमा १५ गुणा बढी आवेदन


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
जीवन विकास लघुवित्तको आईपीओमा १५ गुणा बढी आवेदन

असार १४, काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा सोमवारसम्ममा १५ गुणा बढी आवेदन परेको छ ।

विक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार सोमवार साँझ पाँच बजेसम्ममा कम्पनीको आईपीओमा १८ लाख ४० हजार ३७ जना आवेदकबाट २ करोड ७८ लाख २६ हजार ३५० कित्ता शेयर खरीदको लागि आवेदन परेको छ। जुन कम्पनीले विक्रीमा ल्याएको शेयरको १५ दशमलव शून्य ५ गुणा धेरै हो।

गत असार ११ गते शुक्रवारदेखि सार्वजनिक निष्कासनमा आएको उक्त कम्पनीको आईपीओ खरीदका लागि आवेदन दिने मंगलवार अन्तिम दिन रहेको छ ।

छिटो अवधि असार १५ गतेसम्म माग बमोजिम आवेदन नपरेको खण्डमा भने कम्पनीले असार २५ गतेसम्म विक्री गर्ने मिति तय गरेको थियो । 

Read More
  • MBL - below news