युनियन लाइफलाई आइपीओ बिक्री गर्न अनुमति


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
युनियन लाइफलाई आइपीओ बिक्री गर्न अनुमति

काठमाडौं : युनियन लाइफ इन्सुरेन्सले आइपीओ बिक्री गर्न अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले प्रतिकित्ता १०० रुपैयाँको दरमा कुल ६४ लाख ५० हजार कित्ता आइपीओ बिक्री गर्न अनुमति दिएको हो । यो आइपीओमा प्रभु क्यापिटल बिक्री प्रबन्धक रहेको छ । यस आइपीओलाई इक्रा नेपालले आइआर बीबीबी रेटिङ दिएको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको भन्ने जनाउँछ । 

 

हाल युनियन लाइफको चुक्ता पुँजी १ अर्ब ५० करोड ५० लाख रुपैयाँ रहेको छ । आइपीओ बिक्रीपछि पुँजी २ अर्ब १५ करोड रुपैयाँ पुग्नेछ । चैत मसान्तसम्म यस इन्सुरेन्सले ८ करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जगेडा कोषमा ७३ करोड ७ लाख १४ हजार रुपैयाँ रहेको छ । यस्तै, जीवन बिमा कोषमा ६ अर्ब ९० करोड रुपैयाँ भन्दा बढी जम्मा भएको छ । 

Read More
  • MBL - below news