चिप अभाव हुँदा डेबिट/क्रेडिट कार्ड उत्पादनमा समस्या


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
चिप अभाव हुँदा डेबिट/क्रेडिट कार्ड उत्पादनमा समस्या

काठमाडाैं । विश्वव्यापी चिप अभावका कारण अनलाइन भुक्तानी प्रणाली खतरामा पर्ने देखिएको छ । दैनिक जीवन र व्यपार व्यवसायका लागि पेमेन्ट कार्डकाे माग बढिरहेकाे सन्दर्भमा याे मुद्दालाई सम्बोधन नगरे गम्भीर अवरोध पैदा हुने चेतावनी स्मार्ट पेमेन्ट अशाेसिएसनले दिएकाे छ ।

कार्ड र माेबाइल पेमेन्ट इन्डस्ट्रीकाे ट्रेड निकायकाे रूपमा रहेकाे अशाेसिएसनले यसतर्फ ध्यान दिन सरकारी निकाय र सराेकारवालालाई आह्वान गरेकाे छ । उसका अनुसार प्रत्येक वर्ष विश्वमा ३ अर्बभन्दा बढी इएमभी आधारित पेमेन्ट कार्ड उत्पादन हुन्छन् ।

बैंक खाता खोल्दा, कार्ड नवीकरण वा नयाँ लिँदा वित्तीय संस्थाहरुले डेबिट वा क्रेडिट कार्ड दिने गरेका छन् । तर कार्ड निर्माताहरूले आपूर्ति श्रृंखलामा अवरोधका कारण चिप प्राप्त गर्न कठिनाइ भाेगिरहेका छन् ।

हाल विश्वमा नगद काराेबार नगर्ने करिब ९० प्रतिशत भौतिक स्टोरहरूमा पेमेन्ट कार्ड प्रयोग गरिन्छ । चिप अभावकाे असर त्यस्ता स्टाेरहरूले अझ बढी भाेग्नुपर्ने हुन सक्छ ।

Read More