१७ लाख बढीले भरे जीवन विकास लघुवित्तको आईपिओ


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
१७ लाख बढीले भरे जीवन विकास लघुवित्तको आईपिओ

जीवन विकास लघुवित्तले निष्काशन गरेको आईपिओमा  झन्डै १४ गुणाको आवेदन परेको छ । कम्पनीको आईपिओमा सोमबार बिहान १० बजेर ४० मिनेटसम १७ लाख २ हजार २ सय ७९ जना आवेदकबाट २ करोड ५७ लाख ८६ हजार १ सय १० कित्ताको लागि आवेदन परेको हो ।  यो माग गरिएको भन्दा १३.९५ गुणा बढी हो ।  

कम्पनीले  असार ११ गतेदेखि आईपिओ बिक्रि खुला गरेको छ । कम्पनीले १ सय मूल्य अंकित दरका १९ करोड ७७ लाख ३० हजार १९ लाख ७७ हजार ३ सय कित्ता शेयर निष्काशन गरेको हो  । 

जस मध्ये ३० हजार ४ सय २० कित्ता कम्पनीका कर्मचारीलाई र ९८ हजार ८ सय ३५ कित्ता सामुहिक लगनी कोषलाई छुट्याईएको छ  ।  बाँकि रहेको १८ लाख ४८ हजार १५ कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन्  ।  आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १०० कित्ताको लागि दिन सकिने छ  । आईपिओमा असार १५ गतेसम्म आवेदन दिन सकिने छ । मेरो शेयर र अनलाइन र सीआश्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था मार्फत आवेदन दिन सकिने छ  । 

Read More
  • MBL - below news