ज्योति बैंकले टाटा ब्राण्डका गाडी खरिद गर्न ७० प्रतिशतसम्म कर्जा दिने


  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
ज्योति बैंकले टाटा ब्राण्डका गाडी खरिद गर्न ७० प्रतिशतसम्म कर्जा दिने

काठमाडौं । ज्योति विकास बैंक र सिप्रदि ट्रेडिङबीच टाटा ब्राण्डका पिकअप र कार्गो गाडि खरिदको लागि कर्जा सम्बन्धि सम्झौता भएको छ।सम्झौता अन्तर्गत सिप्रदि ट्रेडिङको सिफारिस प्राप्त ग्राहकहरुले टाटा ब्राण्डका पिकअप र कार्गो गाडि खरिदको लागि ज्योति विकास बैंकमार्फत ७० प्रतिशतसम्म कर्जा प्राप्त गर्नेछन्।

बैंकका ग्राहकले देशभरि रहेका १०५ वटा शाखा कार्यालयबाट उक्त सवारि कर्जा लिन सक्नेछन । टाटा ब्राण्डका गाडि खरिद गर्न ज्योति विकास बैंकको कर्जा सेवाले ग्राहकहरुलाई थप सहज हुने जनाईएको छ।

सिप्रदि ट्रेडिङले देशभर फैलिएको आफ्नो सञ्जालबाट सेवाग्राहिहरुलाई टाटा गाडि खरिद तथा विक्रि पश्चातको सेवा दिंदै आएको छ। ज्योति विकास बैंकले हाल १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६१ वटा एटीएम मार्फत सेवा दिदैँ आएको छ ।

Read More