जीवन विकास लघुवित्तको आईपीओमा कति पर्यो आवेदन ? यस्तो छ पछिल्लो अपडेट


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
जीवन विकास लघुवित्तको आईपीओमा कति पर्यो आवेदन ? यस्तो छ पछिल्लो अपडेट

जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको निष्कासन गरेको आईपीओमा आज (आइतबार) बिहानसम्ममा माग भन्दा १०.८४ गुणा बढीको आवेदन परिसकेको छ । 
निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडको अनुसार बिहान १०:३० बजेसम्ममा १३ लाख १५ हजार ३१० जना आवेदकबाट २ अर्ब ३८ लाख ९४ हजार रुपैयाँ बराबरको २ करोड ३८ हजार ९ सय ४० कित्ता कित्ता सेयरका लागि आवेदन परेको हो । यो मागभन्दा १०.८४ गुणा बढी हो । 

संस्थाले असार ११ गते शुक्रबार बाट प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कूल १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको १९ लाख ७७ हजार ३ सय कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको हो । जसमध्ये कुल पुँजीको ०.५ प्रतिशतले हुन आउने ३० हजार ४२० कित्ता संस्थाका कर्मचारीहरुलाई र सर्वसाधारणका लागि जारी गर्न लागेको पुँजीको ५ प्रतिशतले हुन आउने ९८ हजार ८६५ कित्ता सामुहिक लगानी कोषका लागि छ्ट्याइएको छ भने बाँकी १८ लाख ४८ हजार १५ कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ ।

Read More
  • MBL - below news