सानिमा बैंक लिमिटेड नेपालका वाणिज्य बैंकहरूमध्येकाे एक हाे । बैंकले २०१२ सालदेखि "क" वर्गकाे वाणिज्य बैंककाे रूपमा कार्य गर्दै आइरहेकाे छ ।
बैंककाे आर्थिक अवस्था :
चालु आर्थिक वर्षको चैत्र मसान्तसम्ममा बैंकले १ अर्ब ८५ करोड ६१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। उक्त नाफा रकम गत आर्थिक वर्षकाे यसै अवधिकाे तुलनामा १४.६७ प्रतिशतले धेरै हाे । बैंकले गत आर्थिक वर्षको यसै अवधिमा १ अर्ब ६१ करोड ८७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । बैंकको वितरणयोग्य १ अर्ब ४० करोड ९५ लाख रुपैयाँ रहेको छ ।
बैंकको सञ्चालन मुनाफा २ अर्ब ६४ करोड रुपैयाँ रहेको छ। जुन गत वर्षको यही अवधिसम्मको तुलनामा १४.९५ प्रतिशतले बढी हो। गत वर्ष यस्तो मुनाफा २ अर्ब २९ करोड रुपैयाँ रहेको थियो।
समीक्षा अवधिसम्म बैंकको खुद व्याज आम्दानी ०.९० प्रतिशतले बढेर ३ अर्ब २७ करोड रुपैयाँमा पुगेको छ। गत वर्ष यही अवधिसम्म बैंककाे खुद व्याज आम्दानी ३ अर्ब २४ करोड रुपैयाँ रहेको थियो।
बैंकको रिजर्भको आकार पनि १७.२१ प्रतिशतले बढेर ३ अर्ब ३० करोड रुपैयाँ पुगेको छ। गत वर्ष यही अवधिसम्म बैंककाे रिजर्भमा २ अर्ब ८२ करोड रुपैयाँ रहेको थियो।
हाल बैंकको प्रतिसेयर आम्दानी २५ रुपैयाँ ७३ पैसा र प्रतिसेयर नेटवर्थ १४८ रुपैयाँ ७० पैसा रहेकाे छ ।








