काठमाडौं : नेको इन्सुरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ३५ करोड ९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा नाफा ४५.५७ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा नेकोले २४ करोड १० लाख रुपैयाँ खुद नाफा कमाएको थियो । नाफा नोक्सान खाता हेर्दा चैत मसान्तसम्म कुल आम्दानी ४२.८१ प्रतिशतले बढेर ५७ करोड ५५ लाख रुपैयाँ पुगेको छ ।
कुल खर्च पनि ३८.६९ प्रतिशतले बढेर २२ करोड ४६ लाख ३५ हजार रुपैंया रहेको छ । एकीकृत आय तथा व्ययबाट ट्रान्सफर गरेको आम्दानी ३३.८५ प्रतिशतले बढेर ३९ करोड ८७ लाख रुपैयाँ पुगेको छ । लगानी, कर्जा तथा अन्य शीर्षक गत वर्ष भन्दा ३८.३० प्रतिशतले बढेर १४ करोड ५३ लाख रुपैयाँ पुगेको छ । खुद बिमा शुल्क ४६.४६ प्रतिशतले बढेर १ अर्ब ३६ करोड ४ लाख ७ हजार रुपैयाँ पुगेको छ ।







