हाल एक साथ ४ वटा सार्वजनिक निष्काशन भईरहेको छ । हाल २ वटा ऋणपत्र, एउटा म्युचुअल फण्ड र एउटा लघुवित्तको आईपिओको सार्वजनिक भईरहेको हो । हाल शांग्रिला विकास बैंकको ऋणपत्र, एनआईसी एसिया बैंकको ऋणपत्र , एनआईसी एसिया क्यापिटलको सामुहिक लगानी कोष योजना र जीवन विकास लघुवित्तको आईपिओ निष्काशन भईरहेको हो ।
आज शुक्रबार साँझ ५ बजेसम्ममा शांग्रिलाको ऋणपत्रमा २ हजार १ सय ४७ जना आवेदकबाट १ लाख ५६ हजार २ सय ४६ कित्ता, एनआइसी एसियाको ऋणपत्रमा १२ सय ३ जना आवेदकबाट ८५ हजार ७ सय ६२ कित्ता, एनआईसी एसिया क्यापिटलको म्युचुअल फण्डबाट २८ हजार ६ सय ६० जना आवेदकबाट ३ करोड ८९ लाख ७६ हजार ९ सय ९० इकाई, र जीवन विकास लघुवित्तको आईपिओमा ६ लाख ६ हजार ८ सय ४४ जना आवेदकबाट ९४ लाख ७१ हजार २ सय ४० कित्ताको लागि आवेदन परेको छ । यी सबै निष्काशनमा मेरोशेयर अनलाइन र सीआश्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिने छ ।







