नेको इन्स्योरेन्सको साधारणसभा आह्वान, यस्ता छन् एजेण्डा


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
नेको इन्स्योरेन्सको साधारणसभा आह्वान, यस्ता छन् एजेण्डा

को इन्स्योरेन्सले साधारणसभा आह्वान गरेको छ । कम्पनीले असार ३१ गते आफ्नै कार्यालयमा  भर्चुअल माध्यमबाट साधारणसभा गर्न लागेको हो ।

सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट  हाल कायम चुक्ता पुंजीको १५.५ प्रतिशत बोनस शेयर र कर  प्रयोजनको लागि ०.८२ प्रतिशत नगद लाभांश गरी कुल १६.३२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । साधारणसभाले पारित गरेपछि लगानीकर्ताले उक्त लाभांश प्राप्त गर्न सक्ने छन् ।  

त्यस्तै सभामा आर्थिक वर्ष ७६/७७ को प्रतिवेदन छलफल गरि पारित गर्ने, वासलात र अन्य वित्तीय विवरण छलफल गरि पारित गर्ने, आर्थिक वर्ष ७७/७८ को लागि लेखापरिक्षक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने प्रस्ताव पेश हुने छन् । 

Read More
  • MBL - below news