भोलिदेखि जीवन विकास लघुवित्तको १९ लाख ७७ हजार कित्ता आइपिओ आउदैँ, सर्वसाधारणलाई कति कित्ता ?


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
भोलिदेखि जीवन विकास लघुवित्तको १९ लाख ७७ हजार कित्ता आइपिओ आउदैँ, सर्वसाधारणलाई कति कित्ता ?

जीवन विकास लघुवित्त वित्तीय संस्थाले भोलि शुक्रबारदेखि १९ करोड ७७ हजार ३० हजार रुपैयाँ बराबरको १९ लाख ७७ हजार ३०० कित्ता आइपिओ बिक्री गर्ने भएको छ । कम्पनीले जारी पूँजी ६० करोड ८४ लाख रुपैयाँको ३२.५० प्रतिशतले शेयर निष्काशन गर्न लागेको हो । 

कम्पनीले जारी गर्न लागेको कूल १९ लाख ७७ हजार ३०० कित्तामध्येबाट कम्पनीले जारी पूँजीको ०.५ प्रतिशत अर्थात ३० हजार ४२० कित्ता कर्मचारीहरूलाई र कुल कित्ताको ५ प्रतिशतले हुन आउने ९८ हजार ८६५ कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरेको छ ।

कर्मचारी र सामूहिक लगानी कोषका लागि छुट्याएर बाँकी बसेको १८ लाख ४८ हजार १५ कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरिनेछ । 

Read More
  • MBL - below news