एकै महिनामा भित्रिए २ अर्ब ५ करोडका मोबाइल सेट


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
एकै महिनामा भित्रिए २ अर्ब ५ करोडका मोबाइल सेट

मुलुकमा लकडाउन भइरहेको यस अवस्थामा मोबाइल आयात भन्ने उच्च देखिएको छ । सरकारले वैशाख १६ गतेबाट लकडाउन सुरु गरेको अवधिमा मोबाइल आयात अझ धेरै भएको छ । 

जेठ महिनामा मात्र मुलुकमा २ अर्ब ५ करोड रुपैयाभन्दा धेरै मोबाइल आयात भएको छ । 

भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ११ महिना अर्थात जेठ महिनासम्मको तथ्यांकअनुसार ३४ अर्ब १४ करोड ८४ लाख ५९ हजार रुपैया बराबरको मोबाइल आयात भएका छन् । 

बैशाख महिनासम्मको तथ्यांक हेर्ने हो भने मोबाइल आयात ३२ अर्ब ९ करोड २९ लाख १७ हजारको आयात भएका थियो ।

Read More