मनकामना स्मार्ट लघुवित्तले पायो आईपिओ निष्काशन अनुमति


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
मनकामना स्मार्ट लघुवित्तले पायो आईपिओ निष्काशन अनुमति

मनकामना स्मार्ट लघुवित्तले आईपिओ निष्काशन अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले कम्पनीलाई असार ६ गते आइतवार आईपिओ निष्काशनको लागि अनुमति दिएको हो ।

बोर्डबाट अनुमति पाएसंगै कम्पनीले  ३ करोड ८९ लाख बराबरको ३ लाख ८९ हजार कित्ता शेयर निष्काशन गर्ने छ ।  कम्पनीको बिक्रि प्रबन्धक एनएमबि क्यापिटल रहेको छ । कम्पनीले फागुन १४ मा शेयर निष्काशन अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो । 

मनकामना स्मार्ट लघुवित्तले डबल बि माइनस (BB-) को इस्युअर रेटिङ पाएको छ । इक्रा नेपालले कम्पनीलाई डबल बि माइनसको इस्युअर रेटिङ प्रदान गरेको हो । यसले पनि मध्यम जोखिम जनाउछ ।  तर डबल बि भन्दा ट्रिपल बि राम्रो रेटिङ हो ।

Read More
  • MBL - below news