काठमाडौं । दूरसञ्चार क्षेत्रको सबैभन्दा ठूलो निजी कम्पनी एनसेल आजियटा लिमिटेडले भुक्तानी सेवाप्रदायकाे अनुमति हालसम्म स्पस्ट पारेकाे छ । यसअघि चालू आर्थिक वर्ष २०७७/०७८ को आर्थिक सर्वेक्षण प्रस्तुत गर्ने क्रममा अर्थमन्त्री विष्णु पौडेलले एनसेल र नेपाल टेलिकमले भुक्तानी सेवाप्रदायकको लागि अनुमति प्राप्त गरिसकेको उल्लेख गरेका थिए ।
तर, उक्त सर्वेक्षणमा प्रस्तुत गरिएको तथ्याङ्क भने गलत सावित भएको छ । एनसेलले हालसम्म भुक्तानी सेवा प्रदायकको लागि कुनै अनुमति नपाएकाे स्पस्ट पारेकाे छ । यतिसम्म कि भुक्तानी सेवा प्रदायकको लागि आवश्यक पर्ने सहायक कम्पनी समेत हालसम्म नभएको एनसेलले जनाएकाे छ ।





