नेपाल राष्ट्र बैंक ऐन, २०५८ मा भएको व्यवस्था बमोजिम आ.व. २०५९–६० देखि नेपाल राष्ट्र बैंकले वार्षिक मौद्रिक नीति सार्वजनिक गर्दै आएको छ । धेरैको चासो रहने मौद्रिक नीतिले खास गरि उच्च आर्थिक वृद्धि हासिल गर्न, वित्तीय बजारमा स्थायित्व ल्याउन, निक्षेप र कर्जाको ब्याजदरमा सन्तुलन कायम गर्न,रोजगारीहरुको सिर्जना गर्न, वित्तीय पहुँचको वृद्धि गर्न, सेयर बजारलाई गति दिन, भुक्तानी प्रणाली सुदृढीकरण गर्ने बिषयलाई सुदृढ गर्न विभिन्न वित्तीय उपकरणहरूको ब्यबस्था गर्ने गर्दछ ।
सबैले चासोको साथ हेरिएको यो मौद्रिक नीतिलाई लघुवित्तकर्मीहरुले पनि कस्तो आउला भनेर चासो लिईरहेको अबस्था छ । हाल राष्ट्र बैंकले क्षेत्र अनुसार नै कमिटि गठन गरेर सुझाबहरु संकलन गरिरहेको अबस्था छ र सबै क्षेत्रका ज्ञाता तथा आबद्ध ब्यक्तिहरुले आफना क्षेत्रलाई राम्रो बनाउने उदेश्यले सुझाबहरु दिईरहेको अवस्था छ । अब आउने मौद्रिक नितिले पनि लघुवित्त क्षेत्रमा कस्तो प्रभाब पार्छ । कोरोनाको प्रभाबले लघुवित्त क्षेत्रलाई पारेको प्रभाबको बारेमा सम्बोधन कती सम्म गर्छ र विग्रदै गएको लघुवित्त क्षेत्रलाई सहि दिशामा ल्याउन के कस्ता खालका निति नियम आउलान् भन्ने चासो सर्बत्र रहेको छ । अब आउने मौद्रिक नीतिले लघुीवत्त क्षेत्रलाई निम्न बिषयहरु समेटन जरुरी देखिन्छ ।



