प्रभु सेलेक्ट फण्डको इकाई नेपाल स्टक एक्चेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । सोमबार प्रभु क्यापिटलको सामूहिक लगानी कोष अन्तर्गतको प्रभु सेलेक्ट फण्डको १२ लाख ५० लाख इकाई नेप्सेमा सूचीकृत भएको हो ।
कम्पनीले सर्वसाधारण समक्ष प्रभु क्यापिटल मार्फत १२ लाख ५० हजार इकाई धितोपत्र बिक्री गरेको थियो ।
नेप्सेले उक्त फण्डको कारोबारका लागि नेप्सेले पीएसएफ कारोबार संकेत प्रदान गरेकाे छ । त्यस अनुसार भोलि मंगलबारदेखि दोस्रो बजारमा शेयरधनीले किनबेच गर्न सकिनेछ ।






