नारायणी डेभलपमेन्ट बैंकले १००% हकप्रद बिक्री गर्न माग्यो अनुमति


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
नारायणी डेभलपमेन्ट बैंकले १००% हकप्रद बिक्री गर्न माग्यो अनुमति

काठमाडौं : नारायणी डेभलपमेन्ट बैंकले १००% हकप्रद सेयर बिक्री गर्न अनुमति मागेको छ । बैंकले १ः१ अनुपातमा १३ लाख १२ हजार ३३८ कित्ता हकप्रद सेयर जारी गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको हो । यसले प्रतिकित्ता १०० रुपैयाँको दरमा हकप्रद बिक्री गर्न अनुमति मागेको हो । यसमा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गर्नेछ । 


बैंकले १ः२ अनुपातमा हकप्रद सेयरको लागि केन्द्रीय बैंकसँग अनुमति मागेको थियो । तर, केन्द्रीय बैंकले १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्ने अनुमति दिएसँगै सोहीअनुसार प्रक्रिया अगाडि बढाएको हो । यसअघि बैंकले गत माघ १३ गतेबाट फागुन ३ गतेसम्म १००% हकप्रद सेयर निष्कासन गरेको थियो ।

Read More
  • MBL - below news