नबिल बैंक लिमिटेडको विशेष साधारण सभा सम्पन्न


  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
नबिल बैंक लिमिटेडको विशेष साधारण सभा सम्पन्न

काठमाडौं । नबिल बैंक लिमिटेडको विशेष साधारण सभा सम्पन्न भएको छ । युनाइटेड फाइनान्सलाई एक्विजेशन (प्राप्ती) गर्ने सम्बन्धी प्रस्ताव पारित गर्दै विशेष साधारण सभा सम्पन्न भएको हो ।  

वर्तमान अवस्थालाई ध्यानमा राख्दै बैंकले आयना शेयर धनीहरुलाई अभौतिक रूपमा उपस्थित हुन Zoom ID / Passcode को व्यवस्था मिलाएको थियो।

युनाइटेड फाइनान्सको सम्पत्ति र दायित्वको मूल्यांकन प्रतिवेदन तथा अन्य सम्वद्ध व्यवस्थाको आधारमा निर्धारण गरिएको शेयर मुल्य अनुपात १००ः३५ लाई उक्त विशेष साधारण सभाले स्वीकृति प्रदान गरेको छ, जसअनुसार युनाइटेड फाइनान्सका शेयरधनीहरुले युनाइटेड फाइनान्सको १०० कित्ता बराबर नबिल बैंक लिमिटेडको ३५ कित्ता शेयर प्राप्त गर्नेछन्।

Read More