अनलाइनबाट मिटर रिडिङ, बिलिङ तथा महशुल भुक्तानी कसरी गर्ने?


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
अनलाइनबाट मिटर रिडिङ, बिलिङ तथा महशुल भुक्तानी कसरी गर्ने?

तपाईलाई अनलाइनबाट मिटर रिडिङ, बिलिङ तथा महशुल भुक्तानी कसरी गर्ने भइरहेको छ? जारी लकडाउनका कारण पक्कै कार्यालयमै गएर मासिक बत्ती भुक्तानी गर्न असहज भइरहेको होला। धेरै समयपछि  एकमुष्ठ रकम तिर्न गार्ह्रो पनि हुन्छ। यस्तो हुन नदिन अनलाइन भुक्तानी गर्न खोजिरहनु भएको छ भने नेपाल विद्युत प्राधिकरणले त्यसको सजिलो व्यवस्था मिलाएको छ।

मिटर रिडिङ
कोभिड संक्रमणका कारण मिटर रिडर उपस्थित हुन नसकेर समयमा बिल पाउन नसकेको अवस्था छ। यस्तो बेला प्राधिकरणको सम्बन्धित वितरण केन्द्र वा हटलाइन ११५० मा सम्पर्क गरेर आफ्नो मिटर अंक टिपाउन सकिन्छ। त्यस्तै आफ्नो स्थानीय विद्युत कार्यालयमा सम्पर्क गरेर पनि मिटरमा चढेको अंक टिपाएर मिटर रिडिङबारे जानकारी लिन सकिन्छ।

यदि यो प्रक्रिया असहज अथवा फोन सम्पर्क हुन नसकेमा https://consumer.nea.org.np मा लगइन गरी प्राप्त निर्देशनअनुसारका विवरणहरू भरेर मिटर रिडिङ गर्न सकिन्छ। नभए प्राधिकरणको एनरोइड एपबाट ‘सेल्फ मिटर रिडिङ’ विधि प्रयोग गरेर आफैंले घर अथवा कार्यलयको मिटर रिडिङ गर्न सकिन्छ। ...

Read More