सेयर साक्षरता : के हो बजार पुँजीकरण, लगानी रणनीतिमा यसले कसरी पार्छ प्रभाव ?


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सेयर साक्षरता : के हो बजार पुँजीकरण, लगानी रणनीतिमा यसले कसरी पार्छ प्रभाव ?

काठमाडौं : लगानीको दुनियाँमा कुनै पनि कम्पनीको वास्तविक भ्याल्यू कति हो भनेर पत्ता लगाउने कार्यले ठूलो हिस्सा ओगटेको हुन्छ । कम्पनीको वास्तविक भ्याल्यू पत्ता लगाउन सकियो भने उक्त कम्पनीको सेयरमा लगानी गर्ने वा नगर्ने भन्ने निर्णय गर्न सहज हुन्छ । अवश्य पनि, पब्लिक कम्पनी र तिनीहरुको स्टकको मूल्यांकन गर्ने विभिन्न तरिकाहरु छन् । त्यसैमध्ये एक माध्यम हो बजार पुँजीकरण (मार्केट क्यापिटलाइजेसन (मार्केट क्याप) ।

कुनै पनि कम्पनीको बजार पुँजीकरण भनेको तत्काल कायम बजार भाउका आधारमा कम्पनीको सबै सेयर खरिद गर्न लाग्ने रकम हो । अर्को अर्थमा भन्नुपर्दा, कम्पनीको कुल सूचीकृत सेयरलाई प्रतिकित्ता बजार भाउले गुणा गर्दा आउने रकम त्यस कम्पनीको बजार पुँजीकरण हुन्छ ।

यो कुनै पनि कम्पनीको सेयरलाई लगानीकर्ताले दिएको भाउका आधारमा त्यस कम्पनीको आकार निर्धारण गर्ने एक तरिका पनि हो । यसैगरी, सूचीकृत सबै कम्पनीको यसरी नै हिसाब गर्दा बजारकै कुल पुँजीकरण आउँछ । अब, बजार पुँजीकरणले कसरी काम गर्छ र यसले हाम्रो लगानी रणनीतिमा किन महत्व राख्छ भन्ने विषय यहाँ चर्चा गरौं ।

बजार पुँजीकरण (मार्केट क्याप) के हो ? ...

Read More
  • MBL - below news