काठमाडाैँ । गुगलले आफ्ना प्रयोगकर्ताको लागि गुगल वर्कस्पेस र गुगल च्याट खुला गरेकाे छ । अब गुगल अकाउन्ट भएका सबै प्रयोगकर्ताले गुगल वर्कस्पेस, ‘जी सुट’ प्रयोग गर्न सक्नेछन् । यो अपडेटसँगै गुगल प्रयोगकर्ताले अब जिमेल, डक्स, च्याट, मिट, ड्राइभ, शिटस् लगायत गुगल एपहरुमा थप नयाँ सिस्टमहरु प्रयाेग गर्न पाउनेछन् । यी सबै एपहरु अब एउटै ट्याबमा प्रयोग गर्न सकिनेछ ।
योभन्दा अगाडि गुगल वर्कस्पेस र च्याटको सुविधा उसकाे सशुल्क प्रयाेगकर्ताहरु विशेषगरी अफिस युजरहरुका लागि मात्र उपलब्ध थियो । गुगलका अनुसार अहिलेसम्म करिब दुई अर्ब प्रयोगकर्ताले गुगल वर्कस्पेस प्रयोग गरिरहेका छन् । जुन १४ देखि भने गुगलले यो सुविधा सबै व्यक्तिगत प्रयोगकर्ताको लागि खुला गरेको छ । नयाँ सुविधाहरु प्रयोग गर्न जिमेलकाे सेटिङमा गएर त्यहाँ भएको च्याट एण्ड मिट अपसनलाई इनेबल गर्न सकिन्छ ।





