एनआइसी एसियाको स्वामित्वमा रहेको ३ लघुवित्तको सेयर लिलामी भर्ने आज अन्तिम मौका


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
एनआइसी एसियाको स्वामित्वमा रहेको ३ लघुवित्तको सेयर लिलामी भर्ने आज अन्तिम मौका

काठमाडौं  : एनआइसी एसिया बैंकको स्वामित्वमा रहेको आरएमडीसी लघुवित्त, मेरो माइक्रोफाइनान्स  र महुली लघुवित्तको संस्थापक सेयर लिलामी भर्ने आज (जेठ ३१ गते) अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । एनआइसी एसियाले आरएमडीसीको ४ लाख २७ हजार ५९५, मेरोको ६० हजार ४१८ र महुलीको ५६ हजार २७० कित्ता सेयर लिलामीमा ल्याएको हो । 

जसमा लगानीकर्ताले आरएमडीसीको सेयरमा न्यूनतम ४७७ रुपैयाँ, मेरोको सेयरमा ५७२ रुपैयाँ र महुलीको सेयरमा न्यूनतम ८०० रुपैयाँ भाउ राखेर आवेदन दिन सक्नेछन् । यो सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् । 

Read More
  • MBL - below news