शिखर इन्स्योरेन्स र एक्सेल डेभलपमेन्ट बैंक लिमिटेड हकप्रद निष्काशन गर्न अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड पुगेका छन्।
शिखर इन्स्योरेन्स र एक्सेल डेभलपमेन्ट बैंक दुबैले चुक्ता पूँजीको ३० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न अनुमति माग्दै बोर्ड पुगेका हुन्।
शिखरले हाल कायम चुक्ता पूँजीको ३० प्रतिशत अर्थात ५२ लाख ७५ हजार ५७२ कित्ता शेयर हकप्रद निष्काशन गर्नेछ। कम्पनीले जेठ २५ गते हकप्रद निष्काशनको लागि बोर्डमा आवेदन दिएको हाे।








