सांग्रिला बैंकको डिवेञ्चरको बिक्री असार ६ गतेदेखि खुल्ने, ब्याज ९ प्रतिशत पाइने


  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
सांग्रिला बैंकको डिवेञ्चरको बिक्री असार ६ गतेदेखि खुल्ने, ब्याज ९ प्रतिशत पाइने

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमीटेडको १० वर्षे अवधिको ऋणपत्रको बिक्री आगामी असार ६ गतेदेखि खुल्ला हुने भएको छ । बैंकले रु. ७५ करोड रुपैयाँ ऋणपूँजी रकम बराबरको “सांग्रिला डेभलपमेन्ट बैंक डिवेञ्चर २०८७” को निष्काशन गर्न लागेको हो । 

असार ६ गतेदेखि निश्कासन हुने ऋणपत्रमा छिटोमा असार ९ गतेसम्म र ढिलोमा असार २० गतेसम्म आवेदन दिन सकिनेछ । वार्षिक ९ प्रतिशत ब्याजदर भएको ऋणपत्र प्रतिइकाई रु. १००० दरमा किन्न पाइनेछ । 

कुल निश्कासन हुने ७ लाख ५० हजार इकाई(युनिट) डिवेञ्चरमध्ये ४ लाख ५० हजार युनिट व्यक्तिगत तवरबाट बिक्री गरिनेछ भने ३ लाख युनिट सर्वसाधारणका लागि सार्वजनिक निश्कासनको माध्मयबाट बिक्री गरिने बैंकले जनाएको छ । 

Read More