एल साल्भाडोर बिट्क्वाइनलाई कानूनी मान्यता दिने पहिलो देश


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
एल साल्भाडोर बिट्क्वाइनलाई कानूनी मान्यता दिने पहिलो देश

जेठ २६, एल साल्भाडोर ।  एल साल्भाडोर भर्चुअल मुद्रा बिट्क्वाइनलाई कानूनी मान्यता दिने विश्वको पहिलो देश बनेको छ ।

यस देशको कांग्रेसले अत्यधिक बहुमतका साथ बिबट्क्वाइन कानून पारित गरेका छ । विधेयकको पक्षमा ८४ मध्ये ६२ मत खसेको थियो । यो खबर सार्वजनिक भएसँगै बुधवार बिट्क्वाइनको भाउ बढेर प्रतिगोटा ३४ हजार २३९ डलर १७ सेन्टमा पुगेको छ । बुधवार बिहान एल सल्भाडोरका राष्ट्रपति नायिब बुकेले कंग्रेसमा मतदानका लागि विधेयक पठाएका थिए । 

यस कानूनको उद्देश्य अप्रतिबन्धित कानूनी टेन्डरको रुपमा बिट्क्वाइनको नियमन गर्नु रहेको बताइएको छ । मूल्य अब बिट्क्वाइनमा पनि देखाउन सकिनेछ । कर भुक्तानी पनि यसबाटै गर्न सकिनेछ । बिट्क्वाइन सटहीमा पूँजीगत लाभ कर लाग्ने छैन । बिट्क्वाइनलाई कानूनी टेन्डरको रुपमा एल साल्भाडोरल कसरी सार्वजनिक गर्छ भन्ने अझै पनि अस्पष्ट छ ।

Read More