भिष्म ढुंगाना
अध्यक्ष
नेपाल धितोपत्र बोर्ड
नेपाल धितोपत्र बोर्डले पछिल्लो समय चालेका कदमका कारण बजारमा सर्वसाधारणको सहभागिता उत्साहजनकरूपमा बढ्दै गएको छ । २०७७ असारसम्ममा करिब १७ लाखको संख्यामा रहेको डिम्याट खाताको संख्यामा करिब शत प्रतिशतको वृद्धि भै हाल ३५ लाख नाघेको अवस्था छ ।
२०७७ असारमा करिब ७ लाखको हाराहारीमा रहेको मेरो शेयर खाताको संख्या समेत एक वर्ष नपुग्दै करिब साढे तीन गुणा भन्दा बढिले वृद्धि भै हाल करिब २६ लाख पुगिसकेको छ । त्यस्तै धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्काशनमा गत वर्षसम्म मुस्किलले पाँच लाखले भाग लिने गरेकोमा हाल एउटै निष्काशनमा करिब १८ लाखले आवेदन दिने गरेको अवस्था श्रृजना भएको छ ।
२०७७ असारमा धितोपत्रको दोस्रो बजार अनलाइन कारोबारका लागि करिब ३५ हजारले युजर आई डि लिएकोमा यस अवधिमा उक्त संख्यामा उल्लेखनिय वृद्धि (करिव १७ गुणा भन्दा बढी) भैँ करिब ६ लाख ६० हजार रहेको छ भने औसतमा ६ लाख लगानीकर्ताहरू कारोबारमा सक्रिय रहेको देखिन्छ । पूँजी बजारमा लगानीकर्ताहरू क्रमशः प्रविधिमैत्री हुँदै गएको देखिन्छ ।
७८ अर्ब बराबरको पुँजी परिचालन ...





