चितवन जिल्ला राप्ती नगरपालिका वडा न.१३ कान्दा बस्ती स्थित चेपाब समुदायलाई कामना सेवा विकास बैंकले खाद्यान्न सामाग्री वितरण गरेको छ ।
बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकका चितवन जिल्ला स्थित शाखाका सम्पूर्ण कर्मचारीहरुबाट रकम संकलन गरी मितेरी फाउन्डेसनसंगको सहकार्यमा कान्दा वस्तीका अति न्युन आय भएका १०० घर परिवारलाइ प्रति परिवार एक बोरा चामल, दुई किलो दाल, तीन किलो नुन, एक लिटर तेल, आधा केजी स्वायविन र चिउरा राहत स्वरुप वितरण गरिएको छ ।








