होम डेलिभरी गर्ने कम्पनीहरूको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
होम डेलिभरी गर्ने कम्पनीहरूको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

सर्वोच्च अदालतले अनलाइन माध्ययमबाट खरिद गरिने खाद्यान लगायतका अत्यावश्यक सामाग्रीको होम डेलिभरी गर्ने कम्पनीहरूलाई सेवा दिनबाट नरोक्न अन्तरिम आदेश जारी गरेको छ। 

निकेत अग्रवाल लगायतले दिएको रिटमा सुनुवाई गर्दै न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडालको इजलासले सोमबार यस्तो आदेश दिएको हो। 

कोरोना भाइरस महामारीको असर कम गर्न र जोगिन डिजिटलाइजेशनको माध्यम महत्वपूर्ण भएको भन्दै उक्त इजलासले अत्यावश्यक पहुँच पुर्याउनु पर्ने बताएको छ। 

‘यस्तो असामान्य अवस्थामा जोखिमता रहेको व्यक्ति वा संक्रमित रहेको परिवारको अत्यावश्यक पहुँचको सुनिश्चितताको लागि राज्य र निजी क्षेत्र समेत कृयाशील हुन आवश्यक छ,’ आदेशमा भनिएको छ। 

Read More