राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र मंगलबारबाट बिक्री खुला, ४० प्रतिशत सर्वसाधारणका लागि


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र मंगलबारबाट बिक्री खुला, ४० प्रतिशत सर्वसाधारणका लागि

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको 8.5% RBBL Debenture, 2083 नामको ऋणपत्र जेठ २५ गते मंगलबार बाट बिक्री खुला हुने भएको छ ।  

बैंकले ६ वर्ष अवधि भएको वार्षिक ८.५० प्रतिशत ब्याजदर भएको कुल २ अर्ब ५० करोड रुपैंया (२५ लाख कित्ता) मूल्य बराबरको ऋणपत्र बिक्री गर्न लागेको हो । यस ऋणपत्रको ब्याज अर्धवार्षिक रुपमा भुक्तानी गरिनेछ ।

8.5% RBBL Debenture, 2083 नामको प्रतिकित्ता रू. १ हजार दरका कुल २५ लाख कित्ता ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात १५ लाख कित्ता व्यक्तिगत तवरबाट संगठित संस्थाहरुलाई बिक्री गरिने र सो का लागि ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक “एनआईबिएल एस क्यापिटल लिमिटेड” र निष्काशनकर्ता कम्पनी “राष्ट्रिय वाणिज्य बैंक लिमिटेड”को आपसी सहमतिमा बिक्री वितरण गरिने छ ।

साथै, सर्वसाधारणका लागि छुट्याइएको ४० प्रतिशत अर्थात १० लाख कित्ता सर्वसाधारण नेपालीका लागि सार्वजनिक निष्काशनबाट ऋणपत्र बिक्री गरिनेछ ।  ...

Read More
  • MBL - below news