नारायणी डेभलपमेण्ट बैंकलाई शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्न राष्ट्र बैंकले दियो स्वीकृति


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
नारायणी डेभलपमेण्ट बैंकलाई शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्न राष्ट्र बैंकले दियो स्वीकृति

जेठ २१, काठमाडौं । नेपाल राष्ट्र बैंकले नारायणी डेभलपमेण्ट बैंकले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्नका लागि नेपाल राष्ट्र बैंकले स्वीकृति दिएको छ । 

कम्पनीले केन्द्रीय बैंकबाट स्वीकृत भएबमोजिम अव १ : १ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने छ ।

कम्पनीले गत माघ १६ गने सम्पन्न वार्षिक साधारण सभाबाट पारित १ : २ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेर राष्ट्र बैंकमा स्वीकृतिका लागि पठाएकोमा राष्ट्र बैंकले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने अनुमति दिएको कम्पनीले नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ ।

कम्पनीले हाल कायम रहेको रू. १३ करोड १२ लाख ३३ हजार पूँजीको आधारमा शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्नेछ । शतप्रतिशत हकप्रद शेयर निष्कासन पछि कम्पनीको चुक्तापूँजी रू. २६ करोड २४ लाख ६७ हजार पुग्नेछ । 

Read More
  • MBL - below news