नेप्सेको 'थोत्रो' टिएमएसमा उग्र समस्या : लगानीकर्ताको सेयर एकाएक गायब, बेच्दै नबेचेको सेयर पनि 'सोल्ड' !


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
नेप्सेको 'थोत्रो' टिएमएसमा उग्र समस्या : लगानीकर्ताको सेयर एकाएक गायब, बेच्दै नबेचेको सेयर पनि 'सोल्ड' !

काठमाडौँ । ठुलो भ्रष्टाचारपछी आएको अनलाइन सिष्टममा 'भ्रष्टचार'को एफेक्टको संकेत देखिन थालेको छ । ठुलो रकम खर्चिएर पनि बल्ल बल्ल काम चलाउ बनाइएको सिष्टममा कारोबार बढेसँगै सेयर नै हराउने, बेच्दै नबेचेको सेयर बेचेको देखाएर उल्टै पेनाल्टी लगाईदिने, बेच्नुपर्ने बेलामा सेयर नै हराएर बेच्न नमिल्ने, लगायतका सामस्याहरु देखिएका छन् । जसले एकातर्फ लगानीकर्ताहरु वाक्क-दिक्क त भएका छन् नै, अर्कोतर्फ निश्चित सेयरको भाउ घत्नैनादिनेवा केहीको बढ्नै नदिनेगरी ती सेयर किनबेचमै रोक लगाउनेगरी केहि खेलाडीहरुले सफ्टवेर निर्मातासँगको मिलेमतोमा गम्भीर अपराध गरिरहेको लगानीकर्ताहरुको आरोप छ ।

टिएमएसबाट सेयर नै गायब !

केहि दिन यता सेयर बजारमा ठुलो रकमको कारोबार भईरहेको थियो । लगानीकर्ताहरु कोहि प्रोफिट बुकीङमा लागेका थिए भने कोहि सेयर किनिरहेका थिए । तर यहि बीच टि एमएसमा देखिएको समस्याले लगानीकर्ताहरु तनावमा परेका छन् । केहिले त किन्दै नकिनेको सेयरसमेत आफैं किनिएर त्यसवापतको पेनाल्टीसमेत तिर्न बाध्य भएका छन् । केहिले २० कित्ता किन्दा ४० कित्ता सेयर किनिएको, १० कित्ता बेच्दा २० किटा बेचिएको, एउटा मूल्यमा किनेको सेयर अर्कै मूल्यमा किनिएको देखाएर धेरै रकम असुल गरिएको, धेरै मूल्यमा बेचेको सेयर थोरै मूल्यमा देखाएर घाटा पारिएको लगायतका गुनासाहरु लगानीकर्ताहरुबाट आइरहेका छन् ।

नेप्सेले ब्रोकर देखाउँछ, ब्रोकरले नेप्से... मुख्य समस्या कहाँ ? ....

Read More