प्राप्ति प्रस्ताव पारित गर्न असार ५ गते विशेष साधारण सभा गर्दै नबिल बैंक र युनाइटेड फाइनान्स


  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
प्राप्ति प्रस्ताव पारित गर्न असार ५ गते विशेष साधारण सभा गर्दै नबिल बैंक र युनाइटेड फाइनान्स

जेठ २१, काठमाडौं । प्राप्ति सम्बन्धी प्रस्ताव पारित गर्न नबिल बैंक र युनाइटेड फाइनान्सले एकै दिन असार ५ गते विशेष साधारण सभा बोलाएका छन् । 

नबिल बैंकले युनाइटेड फाइनान्स कम्पनीलाई प्राप्ति गर्न लागेको हो । उक्त प्रस्ताव पारित गर्न दुबै कम्पनीको प्रधान कार्यालय  दरबारमार्ग, काठमाडौंमा विहान ११ बजे सभा बोलाएका हुन । कोभिड महामारीलाई ध्यानमा राखी दुबै कम्पनीले भर्चुअल माध्यमबाट सभा गर्न लागेका हुन् ।

सभाले दुबै कम्पनी बीच भएको समझदारी पत्रलाई अन्तिम स्वीकृति प्रदान गर्नेछ भने प्राप्ति प्रयोजनका लागि आवश्यक सम्पूर्ण कामको जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय गर्नेछ । 

नबिल बैंकले युनाइटेड फाइनान्सलाई १०० कित्ता शेयर बराबर ३५ कित्ता शेयर आदान प्रदानगर्ने गरी प्राप्ति गर्न लागेको हो । यस आधारमा युनाइटेड फाइनान्सको १०० कित्ता  शेयर हुने शेयरधनीहरुले नबिल बैंकको ३५ कित्ता शेयर प्राप्त गर्नेछन् । 

एनसीसी बैंक र नेपाल बङ्गलादेश बैंकसँग मर्जरको हल्ला चलिरहेको अवस्थामा नबिलले शुक्रवार युनाइटेड फाइनान्सलाई प्राप्ति गर्न लागेको हो । हाल नबिल बैंकको चुक्तापूँजी रू. १३ अर्ब ४८ करोड १ लाख ५९ हजार रहेको छ भने युनाइटेड फाइनान्सको रू. १ अर्ब ४ करोड ८ लाख ३४ हजार छ ।

Read More