मुलुकमा कोरोना संक्रमण बढेसँगै डिजिटल कारोबारको चर्चा बढेको छ । चर्चामात्र बढेको छैन विभिन्न च्यानलको प्रयोग गर्दै डिजिटल कारोबारमा विस्तार भइरहेको छ ।
यही बेला बैंक तथा वित्तीय संस्थाहरुले आफ्ना सेवाहरुलाई डिजिटलमै गर्ने प्रयास गरिरहेका छन् । नबिल बैंक यस मामिलामा अझ अगाडि देखिन्छ । यसले बैंकभित्रको बैंक भनेर नबिल डिजी बैंकसमेत संचालन गरिरहको छ।
यसैसन्दर्भमा नबिल बैंकका नायव प्रमुुख कार्यकारी अधिकृत तथा नबिल डिजी बैंक प्रमुख विनय रेग्मीसँग नबिल बैंकले ‘नबिल डिजी बैंक’लाई कसरी अगाडि बढाइरहेको छ भन्ने विषयमा आइसिटी समाचारले गरेको कुराकानी :
नबिल बैंकले ‘नबिल डिजी बैंक’ भनेर सुरु गरेको छ । यसलाई तपाईहरुले नबिलको शाखा नभएर समानान्तर बैंक भनेर पनि भन्नुहुन्छ । डिजी बैंकको कन्सेप्ट बारे बताइदिनुस् न ।
हामीले कोभिड अगाडि नै ‘डिजी बैंक’ स्थापना गरेका थियौं । यसको उद्देश्य भनेको हामीले जति पनि बैंकका सेवाहरु दिइरहेका छौं त्यसलाई डिजिटल च्यानलबाट ग्राहकले लिन सक्ने बनाउने हो । ...




.jpeg)
