गरिमा विकास बैंकका ग्राहकहरुले अब आफ्नो बैंक खाता कनेक्ट आईपीएसमा लिंक गरी अनलाइनबाटै सेल्फ भेरिफाई गर्न सक्ने भएका छन् ।
यस सुविधासँगै बैंकका ग्राहकहरुले कनेक्ट आईपीएसमा लिंक गरिएको खाता भेरिफाई गर्न बैंकको शाखा पुग्नु पर्ने बाध्यताको अन्त्य भएको छ ।
अनलाइनबाटै सम्पूर्ण प्रकृया पूरा गरी कारोबार गर्न सकिने छ । हालको समयमा बैंकका विभिन्न वैकल्पिक च्यानलहरू मार्फत पनि फन्ड ट्रान्सफर तथा अन्य भुक्तानीका निम्ति कनेक्ट आईपीएसको प्रयोग निकै बढ्दै गइरहेको छ ।








