काठमाडौं । कोभिड सङ्क्रमणका कारण इन्टरनेटको प्रयोग अधिक छ । दैनिक जीवनकै महत्वपूर्ण हिस्सा बनेको इन्टरनेट सेवा भने लामो समयदेखि सरकारको प्राथमिकतामा खासै परेको थिएन ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले इन्टरनेट सेवालाई आवश्यक सेवा भनेर व्याख्या गरेको भए पनि कानुनी रुपमा भने उल्लेख भएको अवस्था थिएन । तर अब भने सरकारले इन्टरनेटलाई कानुनी रूपमै अत्यावश्यक सेवामा समावेश गरेको छ ।
यही जेठ १७ गते प्रकाशित राजपत्रमा इन्टरनेटलाई अत्यावश्यक सेवामा समावेश गरिएको हो । यससँगै गृह मन्त्रालयले दुई दर्जन सेवालाई अत्यावश्यक सेवाको रुपमा व्याख्या गरेको छ । ...





