यस्तो अवस्थामा पनि टेलिकमको ‘कोर’ आम्दानी बढेको छ, जुन राम्रो सूचक हो : डिल्ली अधिकारी


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
यस्तो अवस्थामा पनि टेलिकमको ‘कोर’ आम्दानी बढेको छ, जुन राम्रो सूचक हो : डिल्ली अधिकारी

कोरोना संक्रमणले देशभर निशेषधाज्ञा भइरहँदा टेलिकम क्षेत्रलाई दोहोरो प्रभाव परिरहेको छ । पहिलो, डेटाबाट बढे पनि भ्वाइस र अन्य स्रोत घट्दा खुद आम्दानी घटेको छ । अर्को, लकडाउनले शिक्षादेखि स्वास्थ्य क्षेत्र प्रभावित हुदा थप सुविधा दिनुपर्ने अवस्था पनि छ । 
कोराना संक्रमणले धेरै कर्मचारी संक्रमित भएका छन् भने अहिलेसम्म ७ जनाले ज्यान गुमाइसकेका छन् । यही बेला नेपाल टेलिकमले भोल्टे सेवा सुरु गरिसकेको छ भने फाइभजी परीक्षणको तयारी गरेको छ । कोरोना संक्रमणको यस विषम परिस्थितिमा नेपाल टेलिकमले यि सबै कुरालाई व्यवस्थित गर्दै सेवा संचालन कसरी गरिरहेको छ भन्ने समसामयीक विषयमा आइसिटी समाचारले नेपाल टेलिकमका प्रबन्ध दिर्नेशक डिल्ली अधिकारीसँग गरिएको कुराकानी :

कोरोना संक्रमणको विषम परिस्थिति छ । अत्यावश्यक सेवा भएकाले यो बेला टेलिकमको अझबढी जिम्मेवारी थपिएको छ । यस्तो परिस्थितिमा सेवा संचालन कसरी गरिरहनु भएको छ ?

अहिले अत्यावश्यक सेवा संचालनको लागि बाध्यता पनि छ । यो राष्ट्रको जिम्मेवारी पनि हो । हामीले कोरोनाबाट अति प्रभावित क्षेत्रबाहेक सबै ठाउँ आयोजनाहरु संचालन गरिरहेका छौं । 

मर्मतसंहारमा प्राविधिकहरुलाई ड्युटिमा राखेर काम गरिरहेका छौं भने इन्जिनियरहरु घर मै सिस्टम एक्सेस गरेर काम गरिहरनु भएको छ । कतिपय बेला अफिस आउनु पर्यो भने सामाजिक दूरी कायम गरेर सुरक्षाविधि अपनाएर मर्मतसंहार र संचालनका काम गरिरहेका छौं ।  ...

Read More