शिखर इन्सुरेन्सको ३०% हकप्रद : एनआइबीएल एस बिक्री प्रबन्धक नियुक्त


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
शिखर इन्सुरेन्सको ३०% हकप्रद : एनआइबीएल एस बिक्री प्रबन्धक नियुक्त

काठमाडौं : शिखर इन्सुरेन्सले ३० प्रतिशत हकप्रद सेयर निष्काशन गर्न एनआइबीएल एस क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । शिखर इन्सुरेन्सले हाल कायम चुक्ता पुँजीको ३० प्रतिशतले हुन आउने ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो ।

हकप्रद सेयर निष्काशन सम्बन्धी सम्झौतामा शिखर इन्सुरेन्स कम्पनी लिमिटेडका कम्पनी सचिव सुरज राजबाहक तथा निष्काशन तथा बिक्री प्रबन्धकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत मेखबहादुर थापा र सहायक महाप्रबन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका छन् । हाल यस कम्पनीको चुक्ता पुँजी १ अर्ब ७५ करोड रुपैयाँ रहेको छ ।

Read More
  • MBL - below news