आईपीओ ल्याउन आइएमई लाइफ इन्स्योरेन्सले बोलायो जेठ ३१ गते तेस्रो साधारण सभा


  • KBL Ad
  • Prabhu Bank Limited (PRVU)
आईपीओ ल्याउन आइएमई लाइफ इन्स्योरेन्सले बोलायो जेठ ३१ गते तेस्रो साधारण सभा

जेठ १८, काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले तेस्रो साधारण सभा जेठ ३१ गते गर्ने भएको छ । 

कम्पनीले सभा बिहानको १० बजे लैनचौरस्थित रजिष्टर्ड तथा कर्पोरेट कार्यालयमा भर्चुअल माध्यमबाट हुने बताएको छ । सभाले आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ । साथै सभाले आव २०७५/ ७६ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ ।

सभाले आव २०७६/ ७७ को लागि लेखापरिक्षणको नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । 

Read More
  • EBL