चाप थपिँदा मेरो सेयरमा नयाँ सफ्टवेयर राख्ने तयारी


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
चाप थपिँदा मेरो सेयरमा नयाँ  सफ्टवेयर राख्ने तयारी

चाप थपिँदा मेरो सेयरमा नयाँ  सफ्टवेयर राख्ने तयारी 

पछिल्लो समय नयाँ लगानीकर्ताको संख्या बढेसँगै मेरो सेयर प्रणालीमा समस्या पनि बढ्दै गएको छ । लामो प्रयास गर्दा पनि लगइन नहुने र भए पनि विवरणहरू अद्यावधिक नहुने, सेयर ट्रान्जेक्सन गर्न घन्टौँ समय लाग्नेजस्ता समस्या केही हप्तादेखि मेरो सेयर प्रणालीमा देखिँदै आएको हो ।

कोभिड–१९ महामारीबीच मेरो सेयर प्रणालीमा अस्वाभाविक चाप बढ्ने र सीमित सफ्टवेयर भएका कारणले पनि मेरो सेयर राम्रोसँग नचल्दा विनागल्ती क्लोज आउटजस्ता समस्या  भोग्नुपरेको लगानीकर्ताको गुनासो छ ।

सिस्टममा देखिएको यस किसिमको समस्याका कारण लगानीकर्ता समयमा सूचना पाउनबाट समेत वञ्चित हुन थालेको बताउँछन् । सेयर कारोबार रकम बढेसँगै मेरो सेयरमा समस्या आउनुले भोलिको अवस्थालाई धान्न नसक्ने हो कि भन्ने प्रश्न खडा भएको एक लगानीकर्ताले बताए । उनले भने, ‘अहिले नै यस्तो समस्या देखिन्छ, भोलि बजार बढ्दै जाँदा आउन सक्ने समस्यालाई दिगो सम्बोधन छिटो जरुरी छ ।’  ...

Read More