काठमाडौं । नेको इन्स्योरेन्स कम्पनी आज सोमबारबाट २५ बर्ष पुरा गरी २६औं वर्षमा प्रवेश गरेको छ । कम्पनीले बिमा समितिबाट २०५३ साल जेठ १७ गते बीमा समितिबाट अनुमति पाई कारोबार सुरु गरेको थियो ।
प्रमोटर सेयर लगानीकर्ताको ३ करोड रुपैयाँ चुक्ता पूँजीबाट कारोबार सुरु भएको थियो । हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ३१ करोड ७४ लाख ३२ हजार रुपैयाँ पुगेको छ । कम्पनीमा नेको इन्स्योरेन्समा गैर आवासीय नेपाली तथा स्वदेशी व्यवसायी समुहको लगानी रहेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १ अर्ब ३६ करोड ४ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ ।








