एनएमबी बैंकले जारी गरेको उर्जा ऋणपत्रमा देखियो आकर्षण


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
एनएमबी बैंकले जारी गरेको उर्जा ऋणपत्रमा देखियो आकर्षण

एनएमबी बैंकले नेपालमै पहिलोपटक उर्जा ऋणपत्र जारी गरेकोमा मागभन्दा अत्याधिक आवेदन परेको छ। उक्त ऊर्जा ऋणपत्र आइतबारदेखि बिक्री खुल्ला गरिएकोमा पहिलो ४ दिन भित्रै अत्याधिक आवेदनको कारणले विक्री बन्द गरिएको हो। 

एनएमबी बैंकले वार्षिक ४ प्रतिशत ब्याजदरमा १ अर्ब ५० करोड बराबरको १५ वर्षे अवधिको उक्त ऋणपत्र विक्री खुला गरेको थियोे। 

यस ऋण पत्रबाट प्राप्त कोषलाई जलविद्युत र अन्य नवीकरणीय उर्जा आयोजनाहरूमा लगानीको लागि उपयोग गरिने छ। 

हालसम्म बैंकले ऊर्जा क्षेत्रमा ४३ जलविद्युत परियोजनाहरु लगायत नवीकरणीय उर्जाको क्षेत्रमा कुल कर्जा सापटको १६ प्रतिशत भन्दा बढी रकमको प्रतिबद्घता गरिसकेको छ। 

Read More
  • MBL - below news