जेठ १६, काठमाडौं । आइतवार बढेसँगै अधिकांश विकास बैंकहरुको शेयर मूल्यमा उछाल आएको छ । कारोबारको दोस्रो घण्टामा विकास बैंक समूहको परिसूचक ८ प्रतिशतले वृद्धि भएको छ ।
ज्योति विकास बैंकको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशतले वृद्धि भएको हो । शेयरमूल्य प्रतिकित्ता रू. ३६३ पुगेको छ । विकास बैंहरुको शेयरमा खरीदकर्ता अत्याधिक भएकाले शेयरमूल्य बढेको हो ।
आइतवार अधिकांश विकास बैंकहरुको शेयरमूल्यमा वृद्धि भएको छ । त्यसैगरी, सांग्रिला डेभलपमेण्ट बैंकको १० प्रतिशत, लुम्बिनी विकास बैंकको शेयरमूल्य ९ दशमलव ९४ प्रतिशत र महालक्ष्मी विकास बैंकको शेयरमूल्य ९ दशमलव ९४ प्रतिशतले वृद्धि भएको छ ।




